घार्मी कृर्षि वातावरण तथा पर्यटन सहकारीले तेस्रो स्थापना दिवस मनायो
  • प्रमुख खबर

पोखरा ।।

घार्मी कृर्षि वातावरण तथा पर्यटन सहकारीले  तेस्रो स्थापना दिवस मनाएको छ ।

राष्ट्रिय सहकारी दिवसका दिन ३ वर्ष अघि स्थापना भएको उक्त सहकारीले मगंलवार सहकारीको कार्यलय घार्मी मैदानमा  स्थापना दिवस मनाएको हो ।

संस्थाका अध्यक्ष पोषराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा  सल्लाहकार तेजेन्द्र प्रसाद पौडेल, माधव प्रसाद पौडेल लगायतका व्यक्तिहरुले संस्थाको दिगो विकास तथा कृर्षि क्षेत्रमा लगानिको विषयमा बोल्नु भएको थियो ।  उनीहरूले घार्मी पर्यटकीय स्थल भएकाले पर्यटन केन्द्रित व्यवसायमा लगानी बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै अध्यक्ष पोषराज पौडेलले संस्थाको स्थिति,अवस्था र विभिन्न गतिविधिको जानकारी गराउनु भयो । संस्थाका सचिव राजकुमार पौडेल द्वारा संचालित सो कार्यक्रममा यस वर्षको उत्कृष्ठ वचतकर्ता डिलमाया पौडेललाई सम्मान गरिएको थियो । १ सय भन्दा बढी शेयर सदस्य रहेको सहकारीले  आफ्ना सदस्यलाई   कृषि र पर्यटन क्षेत्रमा लगानीका लागि विभिन्न योजना मार्फत प्रोत्साहन गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्