पोखरा ।।
ढिकुरपोखरी परीयार सम्पर्क समाज पोखराको वार्षिक साधारण सभा तथा प्रथम सम्मेलन सम्पन्न भएको छ।
प्रमुख अतिथी परीयार सेवा समाज केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम देवी वर्देवाले पानसमा वत्ती वाली कार्यक्रम उदधाटन गर्दै ढिकुरपोखरी परीयार सम्पर्क समाजले आफ्नो समुदायलाई गतिशिल तुल्याउंन निरन्तर कटीवद्ध रहनेछ भन्ने विस्वास व्यक्त गर्नुभयो। साथै उक्त कार्यक्रममा परीयार सेवा समाजका केन्द्रीय सचिव एलबी बर्देवा, सचिवालय सदस्य जुम पिरयार, केन्द्रीय सल्लाहकार नारायण मित्राकोटी, तिसन सेवा,लगायतले शुभकामना मव्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा अध्यक्ष, सचिव र कोषाध्यक्षले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।अमर परीयारको अध्यक्षतामा भएको कार्यक्रममा १७ सदसीय कमिटी समेत निर्माण गरेको छ । अध्यक्ष मन्डलका अध्यक्ष किसन परीयारले नव निर्वाचित सदस्यहरूलाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । भने कार्यक्रम संचालन सचिव प्रेम परियारले गर्नु भएको थियो ।