पोखरामा १९ औ फेवा नव वर्ष महोत्सव शुरु
  • प्रमुख खबर

पोखरा ।।

पोखरामा नेपाली नयाँ वर्ष स्वागतका लागि १९ औ फेवा नव वर्ष महोत्सव शुरु भएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा तीन दिने सम्म महोत्सव सञ्चालन हुने छ । पन्चे बाजा र विभिन्न जातजातिका झाँकीसहित फेवा तालको किनारमा महोत्सव शुरु भएको हो ।

पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना गरिएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । उनले फेवा तालको सिमसार पुरेर फाइदा लिन खोज्नेविरुद्ध महानगर कठोर बन्ने बताए । फेवा तालका विषयमा अदालतले गरेको ६५ मिटर सम्वन्धि फैसला कार्यान्वयन गर्ने सन्दर्भमा प्राविधिक पक्ष बुझ्ने काम भइरहेको बताए ।

पोखरा पर्यटनको राजधानी घोषणा भए सगै २४ सै घण्टा व्यवसाय सञ्चालनका लािग अनुमती दिएको बताए । रात्रिकालिन व्यवसायको लागि छुट्टै अनुमति लिनुपर्ने र आबश्यक मापदण्ड पूरा गरेका व्यवसायको हकमा स्टिकर वितरण गर्ने गरी महानगरले तयारी अगाडि बढाए ।

रत्यौली, पन्चेबाजा, भजनचुड्का र नेपाली खाना महोत्सव जस्ता आकर्षणलाई फेवा महोत्सवमा आउने पर्यटकलाई मनोरञ्जन दिने आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताए  । पोखरा १७ ड्यामसाइडचोकदेखि पोखरा ६ खहरे चोकसम्म आयोजित महोत्सवका पाहुनलाई होटलको विलमा २० प्रतिशतसम्म छुट दिएको बनाए ।

चोक र चौतारहरुमा सास्कृतक झाँकी र जातीय तथा सामाजिक पोशाकमा सजिएका समूहहरु, सांगितिक कार्यक्रम लगाएतले पर्यटकलाई मनोरञ्जन दिने उनले बताए । महोत्सव उद्घाटन अघि निकालिएका झाँकी र र्याली खहरेचोक र ड्यामसाइडचोकबाट अम्मट पुगेका थिए । महोत्सवमा पर्यटक दौड, विभिन्न खानाहरुको विक्री तथा प्रस्तुती, नाचगानका कार्यक्रम, कन्सर्ट र नेपाली कला र संस्कृतिको प्रस्तुती समेटिएको आयोजक संघका महासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्