पोखरा ।।
क्षत्री समाज नेपाल जिल्ला समिति कास्किले बि.सं.
२०८१ सालकाे भित्तेपात्राे बिमाेचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का “बिखर्ची” रहनु भएको थियो । विशेष अतिथी क्षत्री समाज नेपाल केन्द्रिय समिति महासचिवकाे एक मात्र प्रत्यासी
कृष्ण थापा, क्षत्री समाज नेपाल जिल्ला समिति कास्किका निबर्तमान अध्यक्ष पदम बहादुर कार्की रहनु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य क्षत्री समाज नेपाल जिल्ला समिति कास्किका दान बहादुर बस्नेतले राख्नु भएको थियो ।
कार्यक्रममा क्षत्री समाज नेपाल केन्द्रिय समितिमा महासचिवकाे प्रत्यासि रहनुभयका कृष्ण बहादुर थापा,
पाेखरा महानगर समितिका अध्यक्ष कृष्ण बहादुर थापा लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रममा भित्ते पात्राे प्रकाशन उपसमितीका संयाेजक एवं क्षत्री समाज नेपाल जिल्ला समिति कास्किका महिला उपाध्यक्ष अर्चना बस्नेत राेकाहा, क्षत्री समाज नेपाल जिल्ला समिती कास्किका निबर्तमान अध्यक्ष पदम बहादुर कार्कीले पुर्याउनु भएकाे याेगदानकाे उच्च कदर गर्दै मायाकाे चिनाेका साथमा सम्मान गरियकाे क्षत्री समाज नेपाल कास्की जिल्लाका सदस्य संदीप थापाले जानकारी दिनु भयो ।
क्षत्री समाज नेपाल जिल्ला समिति कास्किका अध्यक्ष दिल बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्षत्री समाज नेपाल जिल्ला समिती कास्किका सचिव भरत थापाले गर्नु भएको थियो ।