आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • प्रमुख खबर

पोखरा ।।

आज मे १ तारिख । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घण्टा आराम र आठ घन्टा मनोरञ्जनको नारासहित सुरु भएको मजदूर आन्दोलनको सम्झनामा श्रमिक दिवस मनाउन थालिएको हो । विश्व भरका मजदुरले दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

२०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसका दिन सार्वजनिक बिदा दिन थालिएको थियो । श्रमिक दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्