पोखरा ।।
जेसीज सप्ताहको पहिलो दिन खुल्ला रक्तदान तथा जेसीज सप्ताहको समुदघाटन कार्यक्रम पोखरा जेसीजको सचिवालयमा सम्पन्न भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्य रहनु भएको थियो । उँहाले जेसीजले बर्सेनि समाजको हितको लागि कार्यक्रम गर्दै आएको र यस बर्ष पनि सप्ताह ब्यापी कार्यक्रम आयोजना गरी सातै दिन महत्त्वपूर्ण कार्यक्रम राखेकोमा संस्था प्रती आभार प्रकट गर्दै वडाको तर्फबाट आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।
कार्यक्रममा जेसीज आस्थापाठ जेसी सरोज पौडेल र स्वागत मन्तव्य जेसी पबित्रा अधिकारीले राख्नु भएको थियो भने पोखरा जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा जेसीज सप्ताहका मुल संयोजक जेसी कृष्ण सुनारले जेसीज सप्ताहका बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा पोखरा जेसीजका पुर्व अध्यक्ष सिनेटर ईश्वर प्रसाद कर्माचार्य, मिस पोखरा सारा बजि मय र रक्तसञ्चार केन्द्र रामघाटका प्राबिधिक महेन्द्र केसी लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो । सोही
कार्यक्रममा ४७ युनिट रगत संकलन भएको कार्यक्रमका संयोजक जेसी शुसान्त पराजुलीले जानकारी दिनु भयो ।
संस्थाका अध्यक्ष जेसी देवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका महासचिव जेसी तिलक प्रसाद लामिछानेले गर्नु भएको थियो ।













