चलचित्र ‘महाजात्राले” मनायो ५१औँ दिन,के टोड्यो त जारिको रेकर्ड?
  • प्रमुख खबर

यस चलचित्रका अभिनेता हरिवंश आचार्यले यो चलचित्र ५१ दिनसम्म पुग्नु नेपाली चलचित्रको सफलता रहेको बताए।

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले सिरिजकै रूपमा निर्माण गरेको यो चलचित्रले पनि अघिल्ला फिल्म झैँ यसले पनि ५१ औँ दिनको यात्रा पार गरेको हो। यसले काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज र मोफसलमा नेपालगन्जमा रहेको सिन रोयलमा ५१ औँ दिनको यात्रा पार गरेको हो।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन बनेको यस चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्