पोखरामा राष्ट्रिय बिश्वकर्मा एकता समाजको भेला सम्पन्न
  • प्रमुख खबर

पोखरा ।।

पोखरामा राष्ट्रिय बिश्वकर्मा एकता समाजको भेला सम्पन्न भएको छ । कास्कीको ५ वटै स्थानिय तहका बिश्वकर्मा समुदायका विभिन्न संघ संस्था कार्य एकरूपता ल्याउन र विशुद्ध सामाजिक सेवाको उद्देश्य लिई कुनै पनि राजनैतिक पार्टीसंग कुनै सम्बन्ध नराखी छुट्टै सस्थाको परिकल्पना गरी त्यसलाई सार्थक तुल्याउन भेलाको आयोजना गरेको भेला संयोजक प्रकाश सुनारले जानकारी दिए । संयोजक सुनारले राजनीति भन्दा माथि उठेर एकता गर्नु पर्ने आजको आवश्यकता भएको बताए ।

बिश्वकर्मा समुदायकाे उत्पत्ति र उत्थान सम्बन्धि अनुसन्धान गरिने , राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा सबलिकरणमा पहल तथा मानव अधिकार र कानुनका बारेमा जनचेतना एंव जागृत गराउने । परम्परागत सीपको संरक्षण,विकास र पुस्तान्तरणमा भूमिका खेल्ने लगायतका उद्देश्यहरु सस्थाको रहेका छन् ।

यस्तै भेलाले प्रकाश सुनारको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समितिको गठन गरेको छ । समितिको उपाध्यक्षमा कुमार सुनार र जीवन सुनार महासचिवमा बम बहादुर घताने, सचिवामा ईश्वरी बिस्वकर्मा, कोषाध्यक्षमा मन बहादुर बिस्वकर्मा रहेका छन् । यसै गरी सदस्यहरुमा कृष्ण सुनार, मनबुजा बिस्वकर्मा, श्रीदेबी बिस्वकर्मा, दिलमाया सुनार, कल्पना सुनार रहेका छन ।

तदर्थ समितिले संस्थालाई वैधानिक र कार्यसमितिको गठनलाई पूर्णता दिने तदर्थ समितिका प्रथम उपाध्यक्ष कुमार सुनारले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्