काठमाडौंको थलीमा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको छ
काठमान्डौ स्थित थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको अवस्थामा शब भेटिएको छ। घटनास्थलमा ब्लेडसमेत फेला परेको छ भने शबको पहिचान खुल्न बाकी रहेको प्रहरीले जनाएको छ ।