कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
  • प्रमुख खबर

काठमाडौं ।।

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागी सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले अनुमति दिएको हो ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरकफरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

धनुषा जिल्ला प्रशासन कार्यालयबाट जारी ३९६९८८८६ नम्बरको नागरिकता सिरोहियाको नामको नभइ धनुषाकै जनकपुर–२ निवासी शिवजी साहु तेलीको नाममा रहेको देखिने जाहेरीमा भनिएको छ । सोही नागरिकता नम्बर तेलीको मतदाता नामावली पनि उल्लेख रहेको भनिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्