कास्कीमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्युु
  • प्रमुख खबर

पोखरा/ कास्कीमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्युु भएको छ।  पोखरा महानगरपालिका-५ प्रस्याङ फिर्केपुलस्थित सडकमा बा.४८ प ९५७९ नम्बरको मोटरसाइकल  अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक बाग्लुङ  नगरपालिका-१२ अमलाचौर बस्ने ४१ वर्षीय गणेश आचार्यको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्