पोखरा ।।
क्षत्री समाज नेपाल वडा समिति, पोखरा १६ ले अन्तराष्टिय बुबाआमा दिवसका अवसरमा पाेखरा १६ काे अमरदिप र महेन्द्रगुफा नर्सरीमा संचालित आत्मज्ञान प्रचार संघमा आबद्द सबै समुदायका जेष्ठ नागरीकहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा क्षत्री समाज कास्की जिल्लाका सदस्य पोखरा १६ का निवर्तमान अध्यक्ष संदिप थापाले शुभकामना मन्तव्य राख्दै अहिलेको परिस्थितिमा आफैलाई जन्म दिने आमा बाबुलाई माकुराका बच्चाले आफ्नै आमालाई आक्रमण गरे झै गरेको र मातातृर्थ औसी र कुसे औसीमा मात्र सामाजीक संजालमा माया गरेझै गरेको तर आमाबुवाले असली माया नापाएको प्रती भावुक बन्दै आज सबै आमाबुवा प्रति सरिक रही यो कार्यक्रम संचालन गर्न पाउँदा खुसी व्यक्त गर्नु भयो ।साथै जनककेबी केशरी धर्मराज थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापा, अमरदिप आत्मज्ञान प्रचार संघमा प्रमुख नेत्रबहादुर खड्का, रानीपौवा, आत्मज्ञान प्रचार संघका प्रमुख दिपेन्द्र गौतम र कृष्णबहादुर थापा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
क्षत्री समाज नेपाल पाेखरा १६ का आजीबन सदस्य, क्षत्री समाज नेपाल वडा समिति पाेखरा १६ एवं क्षत्री समाज नेपाल महिला समिति पाेखरा १६ का कार्यसमिति पदाधिकारी र दुबै समितिका सल्लाहकारहरुको उपस्थितीमा जेष्ठ नागरिकहरुलाई रामनवमी ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा सहयोगी मनका धनी पाेखरा १६ डाँडाथाेक गैह्रावारी निवासी गुन्जबहादुर थापा र धना थापाका कान्छा छाेरा बुहारी कृष्ण बहादुर थापा र सहनशिला भण्डारी थापा दुबैकाे जन्म दिनको अबसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रमा खाजा स्वरूप खिर, तरकारी, चिया खुलाई जन्मदिन मनाउनु भएको थियो ।
साथै स्वर्गीय चिनु कुमारी थापाको संझनामा र स्वर्गीय मामा हेमबहादुर खड्काको सम्झनामा क्षत्री समाज वडा १६ समितिका सल्लाहकार होमबहादुर थापाले अमरदिप आत्मज्ञान प्रचार संघमा आउनु जेष्ठ नागरिकलाई एक महिना खाजाको व्यवस्था गर्ने जानकारी संदिप थापाले दिनु भयो ।
क्षत्री समाज नेपाल वडा समिति, पोखरा १६ का कार्यवाहक अध्यक्ष रामशरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्षत्री समाज नेपाल वडा समितिका संचिव राजेन्द्र थापाले संचालन गर्नु भएको थियो ।