वडा कार्यालय कहाँ बनाउने भन्ने विवादमा पोखरा २० भलाममा कुटाकुट
  • प्रमुख खबर

पोखरा ।।

वडा कार्यालय कहाँ राख्ने भन्ने विवादमा पोखरा २० भलाममा कुटाकुट भएको छ । सोमबार दिऊसो पोखरा २० मौजा र पोखरा २० भलामका बासीन्दा बिच कुटाकुट भएको हो । भलाममा महानगरले विवाद भएपछि वडा कार्यालयका भवन बनाउन तत्काल शुरु नगर्न निर्देशन दिएको थियो ।

तर भलाममा भवन बनाउने काम अगाडी बढेपछि मौजा बासी दिऊसो रोक्न आएका थिए । पहिलो वडा कार्यालयमा तालाबन्दी गर्न पुगेका उनीहरुलाई स्थानीयले रोकेका थिए । त्यसपछि उनी भवन बनाउन ठाउँमा पुगेका थिए । त्यहाँ दुई पक्ष विच कुटाकुट भएको थियो । प्रहरीले कुटाकुटमा संलग्न भएको भन्दै ११ जनालाई प्रक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्