मोरङमा जंगली हात्तीको बच्चा मृत भेटियो
  • प्रमुख खबर

३० जेठ, विराटनगर । मोरङको सुन्दरहरैंचा-६ मा जंगली छावा (हात्तीको बच्चा) मृत भेटिएको छ ।

स्थानीय दुर्गा मन्दिर टोल नजिक  बुधबार बिहान भक्तराज लिम्बुको केरा बगानभित्र भाले छावा मृत फेला परेको हो ।

अन्दाजी ५-६ वर्षको जस्तो देखिने हात्तीको बच्चा कसरी केरा बगानभित्र पुग्यो र मृत्यु भयो भन्ने खोजिको बिसय रहेको लाटीझोडा सब डिभिजन वन कार्यालयका प्रमुख एवम् अधिकृत अमृतविलाश पन्तले बताए ।

छावाको सुँडको छेउमा सामान्य चोट देखिएको र  कोशी टापु वन्यजन्तु आरक्षको टोली अनुसन्धानका लागि घटनास्थलतर्फ अघि बढेको जानकारीमा आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्