पोखरा ।।
कास्की प्रहरीले अवैध रुपमा अन्नपूर्ण संरक्षण क्षेत्रबाट निगालोको टुसा चोरी निकासी गरेको आरोपमा सवारी साधन सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी घाचोक कास्कीबाट खटिएको प्रहरी टोलीले माछापूच्छ्रे गाउँपालिका वडा नम्बर ४ लम्सालथरमा ग ३ च ४५४० नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा निगालोको टुसा अन्दाजी १ हजार ४ सय ८० मुठा नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
टुसासहित जिप चालक ३७ वर्षीय खिमबहादुर पुन र टुसा ल्याउने ४१ वर्षीय रामजी भण्डारीलाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
थप अनुसन्धान तथा आवश्यक कारवाहिको लागि अन्नपुर्ण संरक्षण क्षेत्रको कार्यालय हरियोखर्क पठाइएको प्रहरीले जनाएको छ ।