काठ्माण्डाैं ।।
विभिन्न १८ वटा देशका लागि सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्काे अाज बसेकाे बैठकले साे निर्णय गरेकाे हाे ।
उक्त बैठकमा भारतका लागि राजदूतमा शङ्कर शर्मालाई निरन्तरता दिने र अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय गरेकाे सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जानकारी दिएका छन् ।
उनका अनुसार बैठकले विभिन्न ५ वटा देशबाट राजदूत फिर्ता बोलाउने र २२ जना सचिवको सरुवाको निर्णय समेत गरेको छ ।
त्यसैगरी अाजकाे बैठकबाट तीन वटा प्रदेशका प्रदेश प्रमुख फिर्ता बोलाउने निर्णय गरेको समेत प्रशासनमन्त्री गुप्ताले बताएका छन् ।
उनका अनुसार वाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई फिर्ता बोलाउने निर्णय भएको छ ।













