पाेखरा ।।
मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइनकाे काम लगभग पूरा भएको छ ।
नेपाल–भारत सहयोगमा निर्माणाधीन उक्त परियोजना अन्तर्गत दोस्रो चरणको काम लगभग पूरा भएको हाे ।
परियोजनाको महत्त्वपूर्ण काम अन्तर्गत चार हजार एक किलोलिटर क्षमताका दुईवटा मुख्य ट्याङ्की निर्माण पूरा भएको छ । अन्य प्राविधिक काम भने दुई महिनाभित्र सम्पन्न गर्नेगरी द्रुतगतिमा भइरहेको स्राेतले जनाएको छ ।
यससँगै परियोजनाको ९० प्रतिशत काम पूरा भएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलियम पदार्थको भण्डारणसँगै पाइप लाइन जडानकार्य पनि अन्तिम चरणमा पुगेको छ । यस परियोजनामा नेपालकाे १ अर्ब ५४ करोड र भारत सरकारको ६० करोड रुपैयाँ लगानी रहेकाे छ ।