चितवन ।।
मानसिक सन्तुलन गुमाएकी एक महिलालाई बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीहरु पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा १७, १८ र २१ वर्ष उमेरका विद्यार्थीहरु रहेका छन् । ती विद्यार्थीहरुले २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेकाे प्रहरीकाे अाराेप छ ।
पक्राउ परेका तीनै जना विरुद्ध चितवन प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।
प्रहरीका अनुसार उनीहरु बाहिर जिल्लाबाट अध्ययनका लागि चितवनकाे माडी आएर डेरा गरि बसेकाे जानकारी दिएका छन् ।
चितवनको माडी नगरपालिका-७ किर्तनपुर नजिकै अाफुहरु बस्ने डेरामा लगेर उनीहरुले ती महिलालाई बलात्कार गरेको समेत प्रहरीले बताएको छ ।
माडीको एक प्राविधिक शिक्षालयमा अध्ययनरत उनीहरु विरुद्ध मुद्दा दर्ता भएर म्याद थप भई थप अनुसन्धान थालिएको प्रहरीले समेत चितवन प्रहरीले जनाएको छ ।