नेपाल रेडक्रस उपशाखा १९ काे आयाेजन तथा नेलम्बाे नेपालकाे प्राविधिक सहयाेगमा स्वास्थ्य शिविर सम्पन्न
  • प्रमुख खबर

रामप्रसाद पाैडेल

पाेखरा १९ पुरुन्चाैर स्थित भारती भवन मा वि मा पाँच दिने स्वास्थ्य शिविर सम्पन्न भएकाे छ। नेपाल रेडक्रस लममाचाैर पुरुन्चाैर उपशाखाकाे आयाेजन, पाेखरा १९ वडा कार्यालय तथा भारती भवन मा वि काे सहकार्य र नेलम्बाे नेपालकाे प्राविधिक सहयाेगमा श्रावण १३ देखि आयाेजित दन्त क्लिनिक एवम् कानकाे सचेतना शिविर बिहिबार सम्पन्न गरिएकाे छ। बिहिबार दिउँसाे विध्यालयकाे सभाकक्ष हलमा आैपचारिक कार्यक्रमका साथ शिविर समापन गरियाे ।

समापन कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले नेपाल रेडक्रस साेसाइटी पाेखरा १९ उपशाखाले गरिरहेकाे सामाजिक सहयाेग र मानवीय सेवा कार्य उदाहरणीय रहेकाे बताउदै प्राविधिक सहयाेग दिई स्वास्थ शिविरलाई सफल तुल्याउने नेलम्बाे नेपाल प्रति आभार व्यक्त गर्नु भयाे ।

कार्यक्रममा नेलम्बाे नेपालका कार्यक्रम संयाेजक भिम भण्डारीले पाँच दिने शिविरकाे संक्षिप्त रिपाेर्ट दिंदै शिविरमा विध्यालयका छात्राहरु सहित ४५० भन्दा बढिकाे दन्त परिक्षण गरि आवश्यक उपचार गरिएकाे बताउनु भयाे। साथै उहाँले पाँच दिने शिविरमा दन्त परिक्षण संगै विध्यार्थीहरुलाई कानकाे समवेदनसिलता हेरविचार र सरसफाई आदि विषयमा पनि विशेष चिकित्सकहरु द्वारा चेतनात्मक कार्यक्रम संचालन गरिएकाे बताउनु भयाे ।

समापन कार्यक्रममा भारती भवन मा वि व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद अधिकारी, प्रधानाध्यापक नेत्र बहादुर आले, नेपाल रेडक्रस साेसाईटी कास्की जिल्ला सभापति दण्डराज शर्मा, रेडक्रस उपशाखाका पूर्व अध्यक्ष तेज बहादुर अधिकारी, नेकपा एमाले १९ का सचिव विकाश गाैतम, नेपाल सेडक्रस साेसाईटी उपशाखा १९ का सल्लाहकार, सविन जि सी, उपशाखाका विशिष्ट सदस्य कृष्ण प्रसाद गाैतम र विध्यालयका छात्र …रेग्मी तथा स्मृति पाैडेल लगायतले बाेल्दै नेपाल रेडक्रस साेसाईटी उपशाखा पाेखरा १९ र नेलम्बाे नेपालकाे सेवाकार्य सराहानीय छ भन्दै कार्यक्रम आयाेजक प्रति आभार व्यक्त गर्नु भयाे ।

नेलम्बाे नेपालका संस्थापक अध्यक्ष एकदेव देवकाेटाले भारती भवनमा यस प्रकारकाे स्वास्थ्य शिविर राख्न पाउँदा आफू उत्साहित बनेकाे बताउँदै शिविर सम्पन्न गर्नका लागि नेपाल रेडक्रस साेसाइटी पाेखरा १९ उपशाखा, भारती भवन विध्यालय परिवार र स्थानीय सामाजिक संघ सस्था तथा जनसहयाेगकाे प्रशंसा गर्नु भयाे । साथै उहाँले पाँच दिने शिविरका क्रममा चेक जाँच गरिएका कतिपय केसहरु फलाेअप गर्नु पर्ने केस भएकाले हामी भदाैकाे पहिलाे सप्ताह भित्रै पुन फलाेअप शिविर राख्ने छाैं भन्नु भयाे । अध्यक्ष देवकाेटाले कार्यक्रमलाई भारती भवनमा ल्याउन मुख्य भूमिका खेल्नुहुने संजय अधिकारी प्रति धन्यवाद जनाउनु भयाे ।

नेपाल रेडक्रस साेसाइटी पाेखरा १९ लामाचाैर पुरुन्चाैर उपशाखाका सभापति नवराज पाैडेलकाे अध्यक्षतामा भएकाे साे कार्यक्रम, सदस्य रमेश बि क ले संचालन गर्नुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्