अस्थायी अावास निर्माणका लागि भुकम्प पीडितले मात्र पाउदै अाएकाे रकम अब बाढीपहिरो र आगलागी पीडितले पनि पाउने
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

प्राकृतिक प्रकाेप र अागलागीबाट घर गुमाएका पीडितका लागि सरकारले अस्थायी अावास निर्माण गर्न ५० हजार रुपैयाँ अनुदान स्वरुप दिने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको २४ औँ बैठकले विपदबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि–२०८१ स्वीकृत गरेसँगै साे अनुदान उपलब्ध गराउने बाटाे खुलेकाे हाे ।

उक्त समितिकाे अध्यक्षता भने गृहमन्त्री रमेश लेखक स्वयम् रहेका छन् । यसअघि भूकम्प प्रभावितले मात्र अस्थायी आवासका लागि दुई किस्तामा ५० हजार रुपैयाँ पाउँदै आएकामा अब बाढीपहिरो तथा आगलागी पीडितलाई पनि समितिले यस अनुदानमा समेटिएको छ ।

त्यस्तै साे बैठकले डेंगी, झाडापखाला र हैजाजस्ता महामारीजन्य रोगको प्रकोप थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर रोग फैलन नदिन स्वास्थ्य र खानेपानी मन्त्रालयमार्फत तत्कालै आवश्यक काम अगाडि बढाउन निर्देशन समेत दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्