ब्राजिलको साओ पाउलो राज्यमा ६२ यात्रु सवार एक विमान दुर्घटना भएको छ । विमानमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ ।
प्रारम्भिक जानकारी अनुसार, विमान आवासीय भवनमा खसेको थियो । स्थानीय अधिकारीहरूले दुर्घटनामा कुनै पनि व्यक्तिको ज्यान जोगाउन नसकिएको पुष्टि गरेका छन् । भालिन्होस नगरपालिकाका अधिकारीहरूका अनुसार, विमानमा सवार ५८ यात्रु र ४ जना चालक दलका सदस्य सबैको मृत्यु भएको छ ।
अहिलेसम्म दुर्घटनाको कारणबारे कुनै जानकारी प्राप्त भएको छैन । र विमानस्थलमा रहेको टोलीले अनुसन्धान गरिरहेको छ । विमान दुर्घटनाको सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ ।