पोखरा ।।
पोखरा महानगरपालिका वडा नम्बर १६ को बाटुलेचौरमा ऐतिहासीक तिज मेला हुने भएको छ ।
हरितालिका तिजको अबसर पारेर सदाको बर्ष जसरी तिज मेला गर्न लागिएको हो । बिगतका बर्षमा हिमालय क्लबले आयोजना गर्दै आएको तिजेला यसपाली क्लबले पत्र मार्फत यस पटकको मेला संन्चालन गर्न नसक्ने जानकारी वडा कार्यालयलाई गराएको पोखरा वडा नम्बर १६ वडा अध्यक्ष अंमृत शर्मा तिमिल्सिनाले प्रमुख खवर डट कम लाई जानकारी दिनु भयो ।
तिमिल्सिनाले शाहकालिन इतिहास जोडिएको बाटुलेचौर तिज मेलाले मुलुककै पुरानो संस्कृति धानेकाले पनि मेलालाई निरन्तरता दिन आवश्यक रहेको र राजा कुलमण्डल शाहको पाला देखि नै तिजका बेला महिला दिदीबहिनीहरू पबित्र सेति नदी र ठुलीपोखरी नुहाएर आई बाटुलेचौरको मैदानलाई बिश्रामस्थलको रुपमा प्रयोग गरि तीज गित मार्फत आफ्ना मनका बेदना पोखी नाँचगान गर्दै आएको ईतिहास रहेको साथै गत वर्ष जसरी यसपाली पनि तिज मेलाका दिन निशुल्क एम्बुलेन्स सेवा रहको जानकारी दिनु भयो ।
क्लबले वडा कार्यलयलाई जानकारी दिए संगै
वडा नं. १६ स्थित वडा कार्यालयले पुर्ब आयोजक संस्था हिमालय क्लब, बाताबरण संरक्षण क्लब, नागरिक समाज, बिन्धवासिनी मा.बि. का प्रतिनिधी तथा मेलाका पुर्व संयोजकहरु समेतको उपस्थितिमा भेला संचालन गरि तिज मेला सम्बन्धि छलफल गराएको सोही छलफलबाट यसपालीको तिज मेला आमा समुहरु मिलेर संचालन गर्ने तय भएको वडा १६ का सदस्य राजकुमारी बानियाँले जानकारी दिनु भयो ।
तिज मेला संचालन गर्नका लागि स्थानिय बडहरबोट आमा समूह आयोजकको भुमिकामा रहने छ भने मेलाको सह-आयोजकका रुपमा वडा भरिकै आमा समुह रहने आयोजक समुहकी अघ्यक्ष कमला तिमिल्सिनाले बताउनु भयो । तिमिल्सिनाले बडा प्रतिनिधी तथा स्थानियहरुले महिलाहरुप्रति गरेको बिश्वास कायम राख्दै मेलालाई सफल बनाउन वडाभरिका महिलाहरु उत्साहित रहेको बताउदै कार्यक्रमको संयोजकमा वडा स्थित महिला, बालबालीका तथा अपागं लक्षित कार्यक्रम हेर्ने जिम्मेवारी पावनु भएकी जन प्रतिनिधी राजकुमारी बानियाँ रहनु भएको जानकारी दिनुभयो ।
मेलामा तिज गित प्रतियोगिताको साथमा अन्तर बिघ्यालय नृत्य प्रतियोगिता पनि गरिने, राष्ट्रीय ह्याण्डबल खेलाडी बिशाल बस्नेतको नेतृत्वमा ह्याण्डबल प्रतियोगिता राख्नका लागी समेत पहल भइरहेको साथै वडा शिक्षा समितिका अघ्यक्ष समेत रहेका वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले कार्यक्रम समुदघाटनकै अवसर पारी वडा भित्रका उत्कृष्ट बिद्यालय सम्मान कार्यक्रमका साथ बिध्याबारिधि गरेका बडा भित्रका नागरिकहरुलाइ शैक्षिक सम्मान समेत गरिने वडा सदस्य मन्जु नेपालीले जानकारी दिनु भयो ।