पोखरा ।।
पोखराको वाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले श्री कृष्ण जन्माष्टमीको अवसरमा कृष्ण भजन चुड्का प्रतियोगिता गर्ने भएको छ । वि.सं २०४५ सालमा स्थापना भएको प्रतिष्ठानले पोखरामा साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्दैै आईरहेको छ ।
विगत २४ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको प्रतियोगिता यस वर्ष २५ अौ संस्करण रजत जयन्ती भव्यताको साथ संचालन गर्न लागेको प्रतिष्ठानका सचिव दिपेन्द्र बानियाँले प्रमुख खवर डट कमलाई जानकारी दिए । यही भाद्र १० गते पोखरा १६ वाटुलेचौर मैदानमा आयोजना गरिने प्रतियोगितालाई व्यवस्थित रुपमा सम्पन्न गर्न प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष दुर्गादेवी बस्नेत, अध्यक्ष हरि वहादुर वरुवालको अध्यक्षतामा कार्य सम्पादन समिति र विभिन्न ११ वटा उपसमिति गठन गरिएको छ ।
आथिर्क उपसमिति संयोजकमा कुल व. खत्री, कार्यालय व्यवस्थापनमा दिपेन्द्र वाँनिया, अनुगमनमा सुवास अधिकारी, महिला व्यवस्थापनमा दुर्गा बस्नेत, मञ्च व्यवस्थापन तथा सजावटमा हरि थापा, स्वयंसेवक परिचालनमा मोहन कुमार सुनार, अतिथि स्वागत तथा सत्कारमा गीता भट्टराई भण्डारी , प्रचार प्रसारमा रामप्रसाद पौडेल, प्राथामिक उपचारमा दुर्गा केसी थापा, खरिद तथा छपाईमा कमला शर्मा बास्तोला रहेको प्रचार प्रसार संयोजक रामप्रसाद पौडेलले बताए ।
भगवान श्री कृष्णको महिमा र लोप हुने अवस्थामा पुगेको भजन संस्कृतिलाई वचाई राख्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिईएको छ । कार्यक्रममा प्रथम पुरस्कार रू १००००० र प्रमाणपत्र, दितिय पुरस्कार रू ७५००० र प्रमाणपत्र, तृतीय पुरस्कार रू ५०००० र प्रमाणपत्र, सान्तवना पुरस्कार रू २५००० प्रमाणपत्र र सहभागी समुहलाई रू ५००० र प्रमाणपत्र रहेको संस्था कि दितिय उपाध्यक्ष गिता भण्डारीले जानकारी दिन् ।