पोखरामा भोलिदेखि ईन्टर स्कुल व्याण्ड कम्पिटिसन
  • प्रमुख खबर

पाेखरा ।।

पोखरामा भोलिदेखि ईन्टर स्कुल व्याण्ड कम्पिटिसन आयोजना हुँदैछ ।

पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा शुक्रबार र शनिबार हुने दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसन पोखरा सभागृह हलमा आयोजना हुन लागेको हो ।

कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागि हुनसक्ने स्कुल व्याण्ड प्रतिष्पर्धामा १८ विद्यालयका १९ व्याण्डले प्रतिष्पर्धा गर्ने आयोजक पोखरा सांगीतिक कलाकार संघले जनाएको छ ।

धेरै विद्यालयले प्रतिष्पर्धाका लागि आवेदन दिएपनि डिजिटल अडिसनका आधारमा १९ व्याण्ड अन्तिम प्रतिष्पर्धाका लागि छनौट गरिएको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए ।

प्रतियोगितामा यस वर्ष सैनिक आवासीय मावि पोखरा, मदरल्याण्ड सेकेण्डरी स्कुल (बी), मदरल्याण्ड सेकेण्डरी स्कुल (ए), न्यू डायमण्ड मावि, कास्की मोर्डनाईज्ड सेकेण्डरी स्कुल, प्रतिभा मावि, गुरुकुल विद्यासदन, पोखरा एकेडेमी, बालविद्या ईंग्लिस बोर्डिङ स्कुल र अल्फा बोर्डिङ स्कुल प्रतिष्पर्धामा छन् ।

त्यस्तै, लेविन्स रेसिडेन्सियल स्कुल, कालिका मावि, फिस्टेल एकेडेमी, प्रगती सेकेण्डरी स्कुल, ग्लोबल कलेजिट मावि, कुमुदिनी होम्स मावि, कान्तिपुर एकेडेमी, गण्डकी बोर्डिङ स्कुल र सगरमाथा मावि प्रतिष्पर्धामा छन् ।

‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिताको शुक्रबार गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

संघले ग्रास रुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

त्यस्तै प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने संघको विश्वास छ ।

यस प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, बेस गिटार, उत्कृष्ट ड्रमर, पव्लिक च्वाईस र जज च्वाईसलाई पनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने समेत अायाेजकले बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्