पोखरा ।।
पोखरा १६ दिपमा अबस्थित दिप युनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।नेपाली नारिहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा दिप युनाइटेड क्लबले ” रक्त दान जीवन दान जिवन दान महादान” भन्ने नारालाइ अनुशरण गर्दै कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नम्बर १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना रहेका थिए। अध्यक्षले क्लबले रक्तदान कार्यक्रम गर्नु अहिलेको परिपेक्ष्यमा अति नै प्रशसनिय रहेको र यस वडा भित्र रहेका सम्पूर्ण संघ संस्थाहरूले सामाजिक कार्य गर्नु पर्ने र आफुले सकेको सहयोग गर्न जहिलेसुकै तत्पर रहेको बताए । त्यस्तै क्लबका अध्यक्षले रक्तदान कार्यक्रम आफैमा एउटा सामजिक कार्य रहेको र विभिन्न समयमा क्लबले सामाजिक कार्यमा अग्रसर रहदै आएको जानकारी दिए ।
कार्यक्रमको शुभारम्भ रक्तदाता ५५ औ पटक रक्तदान गरी सक्नु भएका राम बहादुर बानियाँले गर्नु भएको थियो । कार्यक्रमा ९० युनिट रगत संकलन गरिएको कार्यक्रम संयोजक आशीष पौडेल क्षेत्रीले जानकारी दिए ।
क्लबका अध्यक्ष खेम राज अचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका व्यक्तिहरूको उल्लेखनीय सहभागीता रहेको थियो । कार्यक्रम संचालक क्लबका सचिव भिम प्रसाद आचार्यले संचालन गर्नु भएको थियो ।













