पोखरा ।।
पाेखरा महानगर वडा नं १९ का समाजवादी अध्यक्ष प्रदिपराज पाैडेललाई पत्नी शाेक परेकाे छ । अध्यक्ष पाैडेलकी पत्नी चित्रकला काफ्ले पाैडेलकाे मंगलबार साँझ ५.३० मा उपचारकै क्रममा गण्डकी मेडिकल कलेज पाेखरामा असामायिक निधन भयाे । ३५ वर्षीय चित्रकला काफ्ले विगत एक वर्षदेखि अस्वस्थ्य हुनुहुन्थ्याे ।
चित्रकला काफ्लेकाे असामायिक निधन प्रति समवेदना प्रकट गर्दै वडाअध्यक्ष पुष्पेन्द्र पाण्डे , विभिन्न राजनितिक दलका नेताहरु सामाजिक संघ संस्थाका प्रतिनिधि तथा स्थानीयहरुले आज बिहान घार्मी माझथर स्थित पाैडेल निवासमा पुगी अन्तिम श्रद्धाञ्जली दिए। स्व पाैडेलकाे आजै गाेस्तेघाटका अन्तिम संस्कार गरियाे । पुत्र द्वाेय १४ वर्षीय अभिशेकराज पाैडेल र ११ वर्षीय अन्जनराज पाैडेलले स्वर्गीय चित्रकला काफ्ले पाैडेलकाे पार्थिव शरिरमा मुखाग्नि दिएका थिए।