पोखरा ।।
पद्माप्रेम थिएटरको प्रस्तुतीमा पोखरामा शुक्रबारदेखि नयाँ नाटक जानकी मञ्चन हुने भएको छ ।
पोखराको गैरापाटन स्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा उक्त नाटक मञ्चन हुन लागेको हो ।
पद्माप्रेम थिएटरको प्रथम वार्षिकीको अवसरमा यो नाटक मञ्चन हुन लागेको हो ।
नाटक पद्माप्रेम थिएटरका अध्यक्ष समेत रहेकी कलाकार सावित्रा पाठक (सबु)ले लेखेकी हुनु भने गोविन्द पराजुली र शितला अधिकारीको संयुक्त निर्देशनमा नाटक तयार भएको हो ।
नाटक शुक्रवारदेखि एक हप्तासम्म मञ्चन हुने अध्यक्ष पाठकले जानकारी दिईन् । नाटक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ ।
यो नाटक यहि समाजमा बसेर यहि समाजमा आफन्त र श्रीमानको तुच्छता सहेर पनि आफ्नो जिम्मेवारी निभाउने महिलाको कथामा अाधारित छ ।
त्यस्तै यस नाटकमा समाजमा मिलेर बसेर जस्तो कठिन समस्यालाई पनि पार गरेर बस्ने परिवारको पनि कथा छ ।
यस्तै निर्देशक गोविन्द पराजुलीका अनुसार यस जानकी नाटक हाम्रो कथा भएको, यसले हाम्रो समाजकाे यथार्थ बोल्ने र मुख्य विषय यसले हाम्रो कृषिको महत्वलाइ दर्साउने पनि जानकारी दिएका छन् ।
यस नाटकका अर्का निर्देशक शितला अधिकारीले नाटकका कलाकार र पाश्र्व मञ्चमा समेत मिहिनेतका साथ काम भईरहेकाले नाटकलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरेकी छन् ।
नाटकमा गोविन्द पराजुली, शितला अधिकारी, सावित्रा पाठक (सबु), ज्योती हमाल, सुुमन कार्की एलिसा थापा, बुद्धिसागर खनाल, मुना गुरुङ, विवेक गुरुङ, अभिषेक भुसाल, प्रदीप गौतम (प्रमोद) लगायतको अभिनय रहेको छ ।
असोज ५ गतेसम्म चल्ने यस नाटकमा जय चापागाईंले संगीत दिएका छन् ।
पद्माप्रेम थिएटरको प्रस्तुतीमा यस अघि नाटक धनिरामको गोरु मञ्चन भएको थियो । जसलाई दर्शकले अध्यधिक रुचाएका थिए भने व्यवसायिक रुपमा पनि उक्त नाटक सफल भएको थियाे ।