दुग्ध उत्पादनमा आत्मनिर्भर बन्दै पुरुन्चाैरका कृषकहरू
  • प्रमुख खबर

पोखरा ।।

पाेखरा १९ मा रहेकाे पुरुन्चाैर गाउँ कृषि उत्पादनकाे क्षेत्रमा निकै अघि बढेकाे देखिन्छ । माैसमी,तरकारी खेती, जाै, उवा आदि हिउदे बाली र दुग्ध उत्पादनमा गाउँ उदाहरणीय छ। कृषि क्याम्पस सहित रहेकाे पुरुन्चाैरमा विभिन्न कृषि समूह, सहकारी र सामाजिक संघ संस्थाहरु कृषि उत्पादन र बजार व्यवस्थापनकाे क्षेत्रमा कृयाशील छन् । यिनै समूहरु मध्येकाे एउटा हाे, पुरुज्चाैर दुग्ध उत्पादन तथा कृषि उपज कृषक समूह “नमुना तरकारी सङ्कलन केन्द्र” । विगत दुइ दशकदेखि कृषि उत्पादन र बजार व्यवस्थानमा कृयाशील रहँदै आएकाे छ ।

२०५८ मा बेल्जियम सरकारकाे प्रारंभिक सहुलियत ऋण सहयाेगमा स्थापित यस समूहले स्थानीय किसानहरुलाई दुग्ध उत्पादनमा प्राेत्साहन दिदै आएकाे छ । समूहले किसान द्वारा उत्पादित दूध तथा तरकारी दैनिकरुपमा संकलन गरि बजार व्यवस्थापन गर्दै आईरहेकाे छ ।
तल्लाे अधिकारी थरमा रहेकाे यस समूहले किसानहरुलाई प्राेत्साहन दिन समय समयमा तरकारी तथा बालिजन्य बिउ, बिजन र पशु आहार पनि सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएकाे छ।

समूहले दैनिक तीन सय पचास लिटर सम्म दूध संकलन गर्ने गरेकाे र संकलित दूध उचित मूल्यमा बजार व्यवस्थापन गरी किसानहरुलाई उत्पादनमा थप प्राेत्साहित गरिरहेकाे कुरा समूहका अध्यक्ष श्री रिषीराम अधिकारीले जनाउनुभयाे । समूहका काेषाध्य कुल बहादुर अधिकारीले समूहकाे मूल उद्धेश्य भनेकाे कृषकहरुलाई उत्पादनमा जाेड दिनु र उत्पादित दूध तथा तरकारीलाई उचित मूल्यमा बजार व्यवस्थापन गरेर किसानहरुकाे जिवन स्तर उकास्नु हाे भन्नु भयाे । कृषक कृष्ण प्रसाद पाैडेल भन्नुहुन्छ, समूह स्थापना भएदेखि स्थानीय कृषकहरु आत्म निर्भर बन्दै आएका छाै, प्रत्येक घर परिवारले कृषि उत्पादनमा जाेड दिएका छाै।

 

बाँझा खेत बारी र पाखा पखेराहरुमा उत्पादन बढेकाे छ। फुर्सदै नभएका परिवारले पनि एक दुईवटा गाई भैसी पालेर न्युनतम पच्चीस तीस हजार मासिक आम्दानी गरेकाछन् भने तरकारी खेतीले पनि उत्तिकै आम्दानी हुने गरेकाे छ । समूहका डेरी व्यवस्थापक सहित रहनु भएका पाैडेल भन्नुहुन्छ समूहगत रुपमा मिलेर सबै ले केही न केही उत्पादनकाे बाटाे समाउने हाे भने जिन्दगीकाे जाेहाे चलाउन अन्त कतै जानु पर्दैन हाम्रै घर आगनमै प्रसस्त उपायहरु छन् , याे कुरा हामीले बिगत दुई दशक देखि देख्दै आएका छाै र स्थानीयहरु कृर्षि उत्पादनले आत्म निर्भर बनेका छाै।

 

डेरी व्यवस्थापनकाे पक्षमा बाेल्दै पाैडेलले भन्नुभयाे ,हामी कहाँ दैनिक ७० भन्दा बढी कृर्षकहरुले नियमित रुपमा दूध संकलन गर्दै आउनु भएकाे छ । कति किसानहरुले सामान्य उत्पादन गर्दै आउनुभएकाे छ भने कतिहरु पेशागतरुपमै लागेका छाैं । उत्पादनकाे हिसाबले पेशागत किसानहरुले मासिक एक लाख भन्दा बढी आम्दानी गर्दै आउनु भएकाे छ । उहाँले भन्नुभयाे हामीले किसानहरुलाई आवश्यक पर्ने ढुटाे, चाेकर र दाना पनि बजार मूल्य भन्दा कम मूल्य सहुलियत दरमा उपलब्ध गराउने गरेका छाै र डेरी सङ्कलनकाे मासिक आम्दानी हरेक महिनाकाे दस गतेभित्रै भुक्तानि दिने गरेका छाै ।

त्यस्तै समूह संलङ्गनताकाे विषयमा बाेल्दै डेरी व्यवस्थापक कृष्ण प्रसाद पाैडेल भन्नुहुन्छ पुरुन्चाैर संगै छिमेकी गाउँबाट पनि किसानहरु समूह सदस्य बन्ने र आफ्नाे उत्पादन संकलन गर्ने क्रम बढिरहेकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्