पोखरा ।।
पाेखरा महानगर वडा नं १९ ले शिक्षा दिवसकाे उपलक्ष्यमा शिक्षक प्रेरक कार्यक्रम आयाेजना सम्पन्न गरेकाे छ । आइतबारका दिन मझेरी बाेङ्क्युट बाटुलेचाैरमा वडाध्यक्ष पुष्पेन्द्र पाण्डेकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा वडा नं. १९ का नाै सामूदायिक तथा एक निजि विध्यालय गरी दश विध्यालयका बिध्यालय शिक्षक, व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक अभिभावक संघ प्रतिनिधिकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा कालिका मानव ज्ञान मा. वि. बुटवलका कुशल प्रशिक्षक हरिश ओलीले गुढस्तरीय शिक्षा, शिक्षकहरुकाे काम कर्तव्य , अनुशासन शिक्षण प्रकिया, विध्यालयकाे विकासमा व्यवस्थापन समितिकाे जिम्मेबार, शिक्षक अभिभावक संघकाे भूमिका विषयमा प्रशिक्षण दिएका थिए । साथै प्रशिक्षक ओलीले पावर पाेइन्ट प्रस्तुति दिदै नेपालकै नमुना विध्यालय कालिका मानव ज्ञान बिध्यालयका विभिन्न उदाहरणीय पक्षहरु माथि प्रकास पारे ।
कार्यक्रममा बाेल्दै पाेखरा महानगर शिक्षा महाशाखा प्रमुख हाेम प्रसाद आचार्यले जब सम्म वडा शिक्षा समिति कृयाशील हुँदैन त्यति बेलासम्म विध्यालयमा शिक्षाकाे विकास हुँदैन भन्दै वडा शिक्षा समिति कृयशिल रहनका लागि जाेड दिए। त्यस्तै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले स्थानीय निकाय वडाकाे शैक्षिक विकासका लागि विभिन्न रचनात्मक कार्य गर्दै अघि बढिरहेकाे र शैक्षिक गुढस्तर अभिवृद्धिका लागि हरसम्भव जुटिरहेकाे बताए ।
पाेखरा १९ का सचिव सुजन सुवेदी जनप्रतिनिधि सदस्य नवराज के. सी., कल्पना सुनार वडा नं १६ का सदस्य रामकुमारी बानियाँ सहितकाे उपस्थिति रहेकाे साे कार्यक्रममा भारती भवन मा. वि. व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद अधिकारी, महेन्द्र मा. वि . वि.व्य.स अध्यक्ष बैकुण्ठ पाैडेल, पाेखरा महानगर वडा न १६ का सदस्य रामचन्द्र आचार्य, इन्द्र प्रसाद गाैतम, ढाकामाेहन बास्ताेला,शुष्मा पराजुली गाैतम,पार्वती बास्ताेला तथा एकराज सापकाेटा लगाएतले प्रशिक्षण कार्यक्रमका विभिन्न उपलब्धीहरुका बिषयमा जानकारी गराए ।
वडा शिक्षा समितिका संयाेजक बिकास आचार्यकाे संचालन रहेकाे साे कार्यक्रममा वडा सदस्य दुर्गा देबी बस्नेतले स्वागत मन्तव्य राखीन ।