गायत्री सामूदायिक सिकाई केन्द्रद्वारा अभिभावक प्रशिक्षण
  • प्रमुख खबर

पोखरा ।।

पाेखरा १९ घार्मीमा रहेकाे सामूदायिक बहुउद्धेश्यीय सिकाई केन्द्रकाे आयाेजना तथा विन्धेश्वरी मा वि काे व्यवस्थापनमा अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । गायत्री सामूदायिक सिकाई केन्द्रका अध्यक्ष शाेभामाेहन पाैडेलकाे अध्यक्षतामा विन्धेश्वरी मा वि तल्लाकाेटमा आयाेजित साे कार्यक्रममा पाेखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे प्रमुख अतिथिकाे रहनु भएकाे थियाे भने विशेष अतिथिमा वडा सदस्य विकास कुमार आचार्य हुनुहुन्थ्याे। कार्यक्रममा प्रशिक्षक द्वाेय लेखनाथ लामिछाने तथा सुरेन्द्रमान सिंह भण्डारिले बालबालिकाकाे शैक्षिक विकासमा अभिभावककाे भूमिका एवम् जिम्मेवारीकाे विषयमा प्रशिक्षण दिनु भएकाे थियाे।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पुष्पेन्द्र पाण्डेले बालबालिकाहरुलाई व्यवाहरिक शिक्षा दिनमा विध्यालयकाे भन्दा पनि अभिभावकहरुकाे प्रथम भूमिका रहने बताउनु भयाे । पाण्डेले जबसम्म संस्कार सहितकाे शिक्षा हुँदैन तबसम्म शैक्षिक विकास अपूर्ण रहन्छ भन्दै अभिभावक तथा विध्यालय परिवार दुवै मिलेर बालबालिकाहरुलाई संस्कार सहितकाे शिक्षा दिनमा जाेड दिनुभयाे।
त्यस्तै विन्धेश्वरी मा वि का प्र अ श्रीराम आचार्यले विध्यालयले अभिभावकहरु संग समन्वय गरि बालबालिकाकाे, शैक्षिक तथा व्यक्तित्व विकासका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएकाे बताउनु भयाे ।

कार्यक्रममा बाेल्दै सिकाई केन्द्रका अध्यक्ष शाेभामाेहन पाैडेलले अभिभावकहरु प्रशिक्षित बने बालबालिकाहरुमा पढने बानीकाे विकास संगै अनुशासन र शैक्षिक गुढस्तरमा पनि बृद्धि हुने बताउनु भयाे । प्रशिक्षण कार्यक्रममा, विन्धेश्वरी मा वि व्यवस्थापन समितिका अध्यक्ष एकराज ढुङ्गाना, शिक्षक अभिभावक संघका अध्यक्ष शिव बहादुर के सी, महेन्द्र मा वि विध्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पाैडेल स्थानीय अभिभावक डाेल्मा पुन मगर लगायतले बाेल्नु भएकाे थियाे ।

विध्यालय परिवार तथा स्थानीय अभिभावकहरुकाे वाक्लाे उपस्थिति रहेकाे साे कार्यक्रममा, नेपाली काग्रेसका प्रदेश कमिटि सदस्य सिता शर्मा वडा नं १९ वडा कमिटि अध्यक्ष विष्णु बास्ताेला सहितकाे उपस्थिति रहेकाे थियाे।
विध्यलयका प्र अ श्रीराम आचार्यकाे संचालन तथा विध्यालय व्यवस्थापन समितिका सल्लाहकार शंकर ढुङ्गानाकाे स्वागत मन्तव्य रहेकाे साे कार्यक्रममा सिकाइ केन्द्रकी परिचारिका पवित्रा शर्माले गायत्री बहुउद्धेसीय सामूदायिक सिकाई केन्द्रकाे संक्षिप्त रिपाेर्ट दिदै सिकाई केन्द्रले वडामा शैक्षिक विकास,महिला शसक्तिकरण तथा सामाजिक चेतनाका विषयमा विभिन्न कार्यक्रमहरु संचालन गर्ने गरेकाे र समय सापेक्ष विध्यालयकाे भाैतिक विकासका लागि पनि आर्थिक सहयाेग पु-याउदै आएकाे बताउनु भयाे।
कार्यक्रममा काङ्ग्रेस प्रदेश कमिटि सदस्य सिता शर्माले विध्यालयलाई १ सेट कम्प्युटर सहयाेग दिनुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्