काठमाडौं/ ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा फिल्म निर्माण हुने भएको छ।गायक तथा संगीतकार टंक बुढाथोकीले आफ्नो चर्चित गीतको अंशमा चलचित्र नै निर्माण गर्न लागेका हुन्।
बुढाथोकीले आइतबार चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको इजाजत लिएका छन् ।
फिल्मलाई बुढाथोकीले नै निर्माण तथा निर्देशन गर्ने प्रेषित विवरणमा उल्लेख छ । लक्ष्मी गिरी कार्यकारी निर्माता रहने यो फिल्ममा विनय अधिकारी सहनिर्माता हुनेछन् ।
सामाजिक कथामा बन्ने फिल्मबाट बुढाथोकीले बालगायक अशोक दर्जी र आफ्नै छोरा एआर बुढाथोकीलाई डेब्यु गराउँदै छन् ।