पोखरा ।।
दसैंको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । आजदेखि नै सरकारीसहितका कार्यालय खुलेका छन् ।
दसैंको फूलपाती अर्थात् असोज २४ देखि सुरु भएको बिदा आज त्रयोदशीका दिनदेखि खुल्न लागेको हो । गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन बिदा दिने निर्णय गरेको छ ।
यसैबीच विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक १ सम्मनै जारी रहनेछ ।