११ औ संस्करणकाे मिस पाेखरा-२०२४ काे फिनाले शनिबार हुने
  • प्रमुख खबर

smart

पाेखरा ।।

११ अाैँ संस्करणकाे मिस पाेखरा-२०२४ काे ग्राण्ड फिनालेकाे सम्पूर्ण तयारी पूरा भएको छ ।

पाेखरा जेसिसकाे अायाेजना र ईभेन्ट्स फर यू प्रा.लि. संगकाे सहकार्यमा शनिबार हुने यस प्रतियोगिताकाे तयारी पूरा भएको हाे ।

यस वर्ष केही फरक शैलीमा अायाेजना हुने यस ब्यूटी कन्टेस्टमा १७ जना युवतीहरु उपाधिकाे दाैडमा रहेका छन् ।

४५ जना युवतीहरुमध्येबाट ३ चरणकाे अडिसनमार्फत छनाेट भएका १७ जना प्रतिस्परर्धीबीच शनिबार पाेखरा सभागृहमा ग्राण्ड फिनाले हुने पाेखरा जेसिसका अध्यक्ष देवराज राज शर्माले जानकारी दिएका छन् ।

प्रतिस्पर्धीलाई अभिमुखीकरण र परामर्श, आवश्यक तालिम, फोटो सुट, ट्यालेण्ट सो लगायत गतिविधिमा सामेल गराइएको इन्टेलएक्चुअल फर यूका अध्यक्ष विशाल गुरुङले बताए ।

“दिगाे विकासका लागि युवा नेतृत्व” काे अध्यक्षीय प्रकरणमार्फत युवा लक्षित कार्यक्रमहरु सफलतापुर्वक सम्पन्न गर्ने अभियानमा जुटिरहेकाे यस पाेखरा जेसिसले अाजभन्दा ३० वर्ष अगाडि सन् १९९५ मा मिस पाेखराकाे शुरुवात गरेकाे थियाे ।

यो पटक प्रतियोगिताकाे फाइनलमा कार्यक्रम सुरु हुनुभन्दा अघि रेड कार्पेट सो हुनेछ । ‘हामीले शनिबार कार्यक्रम सुरु हुनुअघि रेड कार्पेट गर्नेछौं, जहाँ केही व्याक्तहरुको अन्तर्वार्ता हुनेछ । जसको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ,’ उनले भने, ‘रेड कार्पेट सकिएको १०-१५ मिनेटमा फाइनल सुरु हुनेछ ।’

त्यस्तै यस प्रतियोगितामा १० विधाका उपशिर्षक सहित १३ विषयका शिर्षकमार्फत प्रतियाेगीहरुलाई उपाधी प्रदान गरिने कार्यक्रम संयाेजक श्रीकृष्ण सुनारले जानकारी दिए ।

उनका अनुसार फस्ट रनर अपले ताजसहित नगद ३० हजार रुपैयाँ, सेकेन्ड रनर अपले ताजसहित २० हजार रुपैयाँ साथमा आकर्षक गिफ्ट ह्याम्पर हात पार्नेछन् ।

यस्तै, वेष्ट पर्सनालिटी, ट्यालेन्ट, स्माइल, हेयर, क्याटवाल्क, ड्रेस, फोटोजेनिक, भ्यूअर च्वाइस, पपुलारिटी र इन्टेक्ट विधामा टाइटल अवार्डसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने सुनारले बताए ।

मिस पोखराका लागि खल्ती एपमार्फत भोट गर्न सकिने उनले जानकारी दिए ।

१७ जना प्रतिस्पर्धी युवतीमा रीमाकुमारी थापा, रोजी राना, नेहा चन्द, सिम्रन श्रेष्ठ, सभ्यता श्रेष्ठ, सृष्टि खड्का, आरती कुमारी, स्वीकृति भण्डारी, सिमरन थापा, प्रतीक्षा रेग्मी, जेशिका बि. घिमिरे, ईशा पराजुली, मनिता परियार, विवेकी पौडेल, समिता उपरकोटी, दिप्ती पराजुली र रेखा गैह्रे रहेको पोखरा जेसीज अायाेजकले जनाएको छ ।

यस्तै पछिल्लो समय सन् २०१८ मा सम्पन्न मिस पोखराको उपाधि भने सारा बजिमयले जितेकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्