पोखरा ।।
पोखरा १३ आर्वामा महिला समूहका सदस्यहरूलाई एक दिने नेतृत्व विकास तथा उद्घोषण तालिम प्रदान गरिएको छ ।
नवदुर्गा युवा क्लवले महिला समूहको नेतृत्व विकासका लागि उद्घोषण तालिम आयोजना गरेको हो।
कुनै पनि पेशा व्यवसायमा लाग्दा सीप र व्यवसायिक कुशलताका साथमा स्पष्टसँग बोल्न सक्नुपर्ने भएकाले निर्धक्क भएर आफ्ना कुरा राख्न हिच्किचाउन नहुने भन्दै आमा दिदीबहिनीको नेतृत्त्व र उद्घोषण क्षमतामा वृद्धि गर्न नवदुर्गा युवा क्लवले एक दिवसीय उद्घाेषण तालिम आयोजना गरेको क्लवका अध्यक्ष मनोज बराल जानकारी दिए ।
कार्यक्रमका प्रमुख अथिति आर्वा एग्रो टुरिजम प्रालिका सञ्चालक पशुपति भण्डारीले नेतृत्व क्षमता विकासको महत्व दिलाउन यस्ता कार्यक्रम फलदायी हुने बताए । युवा क्लवले आयोजना गर्ने यी र यस्ता उदाहरणीय कार्यमा सधैँ आफू सहयोग गर्न तत्पर रहेको बताए ।
आर्वा एग्रो टुरिजम प्रालिका डाइरेक्टर गीता लामिछनेले ग्रामीण क्षेत्रका महिलाको नेतृत्व विकास र महिला नेतृत्वदायी भूमिकामा आउन अझै मेहनत गर्नु पर्ने भन्दै आर्थिक पक्षमा पनि सवाल आवहान गरिन् ।
उनले महिला दिदीबहिनीलाई स्थानीय उत्पादनमा वृद्धि गर्न भन्दै बजारीकरणमा आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
आमा समूहका अध्यक्ष कमला बरालले नेतृत्व गर्ने क्षमता भएका व्यक्ति अरु भन्दा अगाडि हुने भएकाले कुनै पनि कुरा सिक्न चासो राख्नुपर्ने र निरन्तर मेहनत गर्नुपर्ने बताइन् ।
महिलाहरुको क्षमता अभिवृद्धिको उद्देश्यले युवा क्लवले आयोजना गरेको कार्यक्रममा ३० जना सहभागी भएका थिए ।