पोखरा ।।
पोखरा १६ को बाटुलेचौरमा अबस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना भएको छ । १६ बडहरवोट निवासी बसन्त तिमिल्सीनाले आफ्ना स्वर्गीय पिता तोयनाथ, भाई श्याम र दिदी ताराको स्मृतिमा नगद दुई लाख रुपैयाको तोयनाथ,श्याम, तारा स्मृति अक्षयकोष स्थापना गर्नु भएको छ ।
विद्यालयको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष नरनाथ भट्टराई, विन्ध्यवासिनी क्याम्पसका पुर्व प्रमुख नरहरी भट्टराइको उपस्थितीमा तिमिल्सीनाले नगद २ लाखको चेक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलाई हस्तान्तरण गर्नु भएको थियो भने कार्यक्रममा अक्षयकोष दाता तिमिल्सीनाले आफ्ना पिताजीले लामो समय शिक्षण कार्यमा योगदान गरेको स्मरण गर्दै, उहाँको योगदानलाई स्मरणीय बनाउन कोष स्थापना गरेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले शैक्षिक क्षेत्रमा तिमिल्सीनाको योगदानले समग्र शिक्षा क्षेत्रमा टेवा पुग्ने बताउनु भयो ।
कार्यक्रममा अक्षयकोष दाताका तिमिल्सीनाका धर्मपत्नी शारदा वराल तिमिल्सीना, माधव तिमिल्सीना, रामचन्द्र तिमिल्सीना, पुनम शर्मा, प्राध्यापक कृष्णचन्द्र भट्टराइ, विद्यालय व्यवस्थापन समितिका सदस्य सन्दीप थापा, विमला अधिकारी, सहायक प्रधानाध्यापक राम वहादुर वाँनिया लगायतले आ-आफ्नो भनाई राख्नु भएको थियो ।
अक्षयकोषवाट प्राप्त व्याजले प्रत्येक वर्ष त्यस विद्यालयका उत्कृष्ट २ जना शिक्षक शिक्षिकालाई नगद पुरस्कार सहित सम्मान गरिने तिमिल्सीनाले जानकारी दिनु भयो ।