रवि लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश
  • प्रमुख खबर

 

पोखरा/ रास्वपा सभापति रवि लामिछानेलाई सुप्रिम सहकारी प्रकरणमा अदालतले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जिल्ला अदालत रुपन्देहीका तहसिलदार कुमार खतिवडाका अनुसार न्यायाधीश प्रल्हाद कुमार योगीको इजलाशले लामिछानेलाई बैंक ग्यारेन्टीमार्फत धरौटीमा रिहा गर्न आदेश गरेको हो।

कार्यविधि संहिता अनुसार, धरौटी रकम बैंक ग्यारेन्टीमा तारेखमा राख्नुपर्ने उल्लेख गरिएको छ। अदालतले यो आदेशसँगै उनलाई धरौटीमा रिहा गर्न प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्