पोखरामा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुने
  • प्रमुख खबर

पाेखरा ।।
पोखरामा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुने भएको छ । पाेखरेली कलाकारहरूकाे साझा संस्था, पाेखरा सांगीतिक कलाकार संघ नेपालकाे अायाेजनामा व्याण्डहरुको राजधानी पाेखरामा माघ २६ गते उक्त कार्यक्रम हुने भएको हाे ।

यस कार्यक्रमलाई गण्डकी प्रज्ञा-प्रतिष्ठानकाे सहयोग रहेकाे अाइतबार पत्रकार सम्मेलनकाे अायाेजना गरि जानकारी दिइएको छ ।

कार्यक्रममा पाेखरेली चर्चित व्याण्डहरु कन्दरा (विवेक श्रेष्ठ), डि–मर्चा व्याण्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली व्याण्ड (नवीन गुरुङ र भाई गुरुङ), देउराली व्याण्ड (शान्त बज्राचार्य), ब्रोसिस व्याण्ड (प्रकाश राना), मध्याह्न व्याण्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोण्ड व्याण्ड (श्यामसुङ तामाङ)को प्रस्तुती रहनेछ ।

यस कार्यक्रममा नाइन्टिजका उक्त व्याण्डका चर्चित गितहरु तगाराेमा रुमाल, तिमी पारी, तारा खस्याैली, झयाम्म-झयाम्म, पहिलाे नजर, चाइना कम्पनी लगायतका प्रत्यक्ष हेर्न र सुन्न पाइनेछ ।

एक समय पाेखरा व्याण्डहरुकाे राजधानी थियाे । त्यतिबेला ९० काे दशकमा पाेखराका व्याण्डहरुले देश-विदेशमा अाफ्नाे कला र गित- संगितमार्फत सबैकाे ध्यान तानेकाे थियाे ।

त्यही व्याण्डहरुको राजधानी पोखराको विरासत फर्काउनेगरी कार्यक्रम गर्न लागेकाे अायाेजकले जानकारी दिएकाे छ ।

विशेषगरी यस कार्यक्रम अायाेजना गर्नुकाे मुख्य उद्देश भनेकाे नै सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुकाे पुर्नजागरण गर्ने र नयाँ पुस्तालाई संगितमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै यसतर्फ अाकर्षित गर्नु रहेकाे पोखरा सांगीतिक कलाकार संघ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताएका छन् ।

त्यस्तै गण्डकी प्रदेशको कला, साहित्य, संगीत र संस्कृतिको विकास, विस्तार, सम्वर्द्धन र प्रवर्द्धनका लागि क्रियाशिल गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले अाफुहरु पनि यस कार्यक्रममा जाेडिन पाएकाेमा अत्यन्तै भाग्यमानी ठानेकाे बताउँदै खुशी व्यक्त गरेका छन् ।

पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएपनि व्यवहारिक रुपमा लागु नभइरहेको सन्दर्भमा यस कार्यक्रममार्फत पोखरा पर्यटनको राजधानी हुन डिजर्भ छ भन्ने सन्देश दिन पनि कार्यक्रमकाे अायाेजना गरेकाे बताए ।

उनका अनुसार यस कार्यक्रममार्फत पोखरालाई रिब्राण्डिङ गर्ने, गीत, संगीतको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्ने, कुलत र दुव्र्यसनबाट जोगिन युवालाई संगीतको माध्यमबाट सन्देश दिने, राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै सद्भावको पक्षपोषण गर्नुपनि कार्यक्रमको उद्देश्य रहेकाे बताए ।

यससँगै कार्यक्रममा सहभागिले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्न सक्ने, जसले परिवारसंगको माया थप प्रगाढ बनाउने तथा आफ्‌नो सन्ततीलाई त्यो समयबारे भन्ने अवसर सिर्जना गर्नेमा विश्वस्त रहेकाे पनि उनले जनाए ।

कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति र विभिन्न उपसमिति पनि गठन गरि कार्यक्रमको तयारी शुरु भइसकेको आयाेजकले जनाएको छ ।

याे कार्यक्रम माघ २६ गते शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा हुँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्