पोखराको बाटुलेचौरमा मुटु सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
  • प्रमुख खबर

पोखरा ।। 

पोखराको बाटुलेचौरमा मुटु सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

पोखराकै अग्रणी सामाजिक संस्था हिमालय क्लवको आयोजनामा आगामी फागुन ३ गते शिविर सञ्चालन हुन लागेको क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिए ।

जयन्ती मेमोरियल ट्रष्ट र मातृशिशु मितेरी प्रादेशिक अस्पतालको सहयोगमा हुने शिविरमा सुगर प्रेसर सहित निशुल्क ईको र ईसिजी सेवा प्रदान गरिने कार्यक्रम संयोजक शिवराज देवकोटाले बताए । शिविरमा काडियोलोजिष्ट डा. मनोज कोईराला, कन्सल्टेन्ट फिजिसियन डा सुनिल गौतम, डा विवेक लामिछाने र डा. विज्ञान लामिछानेको टोलीले सेवा प्रदान गर्ने संयोजक देवकोटाले जानकारी दिए ।

बाटुलेचौरस्थित कालिका भवनमा हुने शिविरको आन्तरिक तयारी सुरु गरिएको बताइएको छ । शिविरको व्यवस्थापन गर्न देवकोटाको संयोजकत्वमा क्लवका पूर्व अध्यक्ष सुशील वस्नेत र सुन्दर थापा सदस्य रहेका छन् ।

समितिले मुटु सम्वन्धी निःशुल्क स्वास्थ्य शिविरमा सहभागी भई सेवा लिन आग्रह समेत गरेको छ । क्लवले यस अघि पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्