काठमाडौं ।।
काठमाडौंका दुई फरक स्थानमा प्रेसर कुकर पड्किँदा दुई जना घाइते भएका छन् ।
तारकेश्वर नगरपालिका–३ तीनपिप्लेमा कुकरको पड्किँदा एक पुरुष घाइते भएका हुन् । सविन तिवारीले सञ्चालन गरेको उज्वल तथा सम्पन्न खाजाघरमा कुकर पड्किएर ढक्कन निस्कँदा २३ वर्षीय विशाल तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।
नुवाकोटको बिदुर–९ घर भएका उनी उक्त खाजाघरमा खाजा खान आएका थिए । त्यसैगरी, काठमाडौं लक्ष्मीनारायण भवनमा सञ्चालित लक्ष्मिनारायण आर्केड खाजा घरमा कुकुर पड्किएको थियो ।
बुधबार दिउँसो कुकर पड्किदाँ खाजा सञ्चालक ३४ वर्षीय ज्ञानबहादुर श्रेष्ठ घाइते भएका हुन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।












