क्षत्री समाज कास्कीको नयाँ वर्ष २०८२ को भित्ते पात्रो विमोचन
  • प्रमुख खबर

पोखरा ।।
क्षत्री समाज नेपाल, कास्कीले नयाँ वर्ष २०८२ सालको भित्ते पात्रो विमोचन गर्नुको साथै दूर्गा पूजन र शुभकामना आदान प्रदान सम्पन्न गरेको छ ।

क्यालेण्डर समाजका केन्द्रिय अध्यक्ष रिब बहादुर थापा, त विजय श्री कृष्णमूर्ति महाराज सहित समाजका महासचिव कृष्ण थापा, कास्की अध्यक्ष दिल बहादुर अधिकारी क्षत्री, कञ्चन थापा, हिरा भण्डारी लगायतले विमोचन गरेका हुन् । समाजले शनबिार नै चैते दशैंको दिन समाजको प्राङ्गणमा नवनिर्मित दुर्गा माताको मन्दिरमा पुजा र पाहुनालाई प्रसाद ग्रहण गराएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि क्षत्री समाज नेपालाका केन्द्रीय अध्यक्ष रिब बहादुर थापाले समाजलाई गतिशिल बनाउन आवश्यक भएको बताए । उनले वडा, महानगर, प्रदेश तथा राष्ट्र भरकै क्षत्रीहरु अँझ शसक्त, जुझारु, सनातन धर्म, संस्कार, संस्कृतिप्रति एकतावद्ध हुन जरुरी भएको बताए । जिल्ला समाजहरूमा अझैं कास्की जिल्ला उत्कृष्ट भएको बताउँदै असल काम गर्नका लागि शुभेच्छा व्यक्त गरे ।
कार्यक्रममा भित्रे पात्रो प्रकाशन समितिका संयोजक हिरा भण्डारीले स्वागत गरेकी थिईन् ।

विजय श्री कृष्णमूर्ति महाराजद्वारा मन्दिर संरक्षणका लागि रू ५१ हजार दक्षिणा प्रदान गर्दै उनले भने, म यस्तै स्वभावको छु । बाहुनको छोरो भए पनि क्षत्रीको स्वभावमा रहेको बताउदै  पोखरा १७ विरौटामा आयोजना हुन लागेकाे ऐतिहासिक कोटिहोममा सबैलाई निमन्त्रणा गर्दै भने, यो कोटिहोम ऐतिहासिक हुनेछ । हाम्रो जीवनमा कहिल्यै भएको थिएन, न कहिल्यै हुनेछ । कार्यक्रममा देश विदेशका हजारौं व्यक्ति र साधकहरुको आगमनले पोखराको धार्मिक, सांस्कृतिक पर्यटनमा अतुलनिय योगदान पुग्ने बताए ।

केहि समय अगाडी संयोजन नमिल्दा केहि असजिलो महशुस भएपनि अहिले सबैकुरा मिलेको, वडा, महानगर र प्रशासनबाट अनुमित प्राप्त भएकोले पछि घोषणा गरिएको स्थान विरौटामा नै कोटि हुने बताए । उनका अनुसार कोटि होममा २५ देखि ३० करोड खर्च हुने र लाखौं भक्तजनको सहभागिता हुने बताए ।

समाजका केन्द्रिय महासचिव कृष्ण बहादुर थापाले क्षत्री समाज देशका ६६ जिल्ला र देश बाहिर १२ शाखा रहेको जानकारी दिए । थापाले भने, हामी राष्ट्र, राष्ट्रियता, स्वाधिनता, समानता, समताका पक्षधर हौं । पूर्खाले सिमाको रक्षा गरे, देश जोगाउन, एक हुन पहल गरे तर पछिल्ला समयमा हामीलाई विभिन्न कारणहरुले आरक्षणको नाममा पछि पारिदैछ ।

हाम्रा छोराछोरीहरुलाई स्थानबिहिन बनाउन खोजिएको छ । हाम्रा मागहरुका लागि राज्यसंग लड्नु पर्नेछ । ति मागहरुको परिपूर्णको लागि हामी बलियो हुन जरुरी छ । देशको ठूलो हिस्सा ओगटेको क्षत्री जातिलाई गरिने अपमान र थिचोमिचाे सह्य नहुने थापाको भनाई थियो । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापाले समाज आफ्नो संस्कार, संस्कृति, भेषभुषा र पहिचानका लागि अडिग हुनुपर्ने र पुस्तान्तरण हुँदै जानुपर्ने बताईन् ।

क्षत्री समाज कास्कीका अध्यक्ष दिल बहादुर अधिकारी क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समाजका सचिव भरत थापा क्षत्रीको संचालनमा गतेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्