नेपालकै कान्छी भागवत् कथा वाचिकाको प्रवचन सुन्न भक्तजनहरुको घुँइचो
  • प्रमुख खबर

पोखरा ।।

श्री गण्डकी कोटिहोम महायज्ञमा कथा वाचिका अनुराधा पाण्डेको कथा श्रवण गर्न भक्तजनहरुको घुँइचो लागेको छ। उनी नेपालकै कान्छी दश वर्षिया भागवत् कथा वाचिका हुन ।

महायज्ञको पुर्व सन्ध्यामा आयोजित प्रचारात्मक कार्यक्रम अन्तर्गत बाल विदुषी अनुराधा पाण्डेबाट अहिले संगीतमय श्रीमद्भागवत कथा प्रवचन भइरहेको छ ।

उनको मुखारबिन्दुबाट कथा श्रवण गर्नका लागि भक्तजनहरुको उपस्थिती बाक्लिँदै गएको कोटीहोमका आयोजक मानव सेवा फाउन्डेसनले जनाएको छ ।

कथा प्रारम्भ भएको शनिबार(आज)दोस्रो दिनमा नै कथा श्रवणका लागि हजारौं भक्तजनहरुको सहभागिता रहेको थियो ।

वाचिका पाण्डेले शुक्रबारदेखी कथा प्रवचन गर्न सुरु गरेकी हुन् । उनले आगामी बैशाख ५ गतेसम्म कथा प्रवचन गर्ने समेत आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्