गण्डकी कोटिहोम महायज्ञको भूमी पुजन सम्पन्न
  • प्रमुख खबर

पोखरा ।।
पोखरा महानगरपालिका वार्ड नं. १७ को विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन ओटा महत्वपूर्ण शुभ कार्य सम्पन्न भएको छ । कोटिहोम महायज्ञको लागि गत महिना २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी पुजन सम्पन्न गरे पनि विविध कारणले कोटिहोम महायज्ञको स्थान परिवर्तन हुन पुगेको थियो । पोखराको लेकसाइड क्षेत्रको बाराहीघाटमा स्थान परिवर्तन गर्नु परेका कारण बाराहीघाटमा बिहान क्षमा पुजन सम्पन्न भएको हो ।
 ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ सञ्चालन हुने शिद्धेश्वर हरिहर मन्दिरको भूमीमा भूमी पुजन गरिएको छ । नेपाल पञ्चाङ्ग विकास समिती नेपालले दिएको उत्तम शाइतमा नै भूमी पुजनको कार्य सम्पन्न भएको छ ।  उक्त भूमी पूजनमा पोखरा महानगरपालिका वडा नं. १७ का अध्यक्ष राधिका शाही, वडा नं. १७ मा रहेका विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधी अनि आमा समूहका प्रतिनीधिहरुको उपस्थित रहेको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस्