गण्डकी कोटिहोम महायज्ञमा शितलकृष्ण महाराज र सुप्रिया किशोरीको पोखरामा आगमन
  • प्रमुख खबर

पोखरा ।।

ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञमा कथा प्रवचनका लागि शितलकृष्ण महाराज र सुप्रिया किशोरीको पोखरामा आगमन भइसकेको छ। भागवत कथावाचनको क्षेत्रमा निकै लोकप्रिय कथा वाचक आचार्य श्री शितल कृष्ण जी महाराज र लोकप्रिय प्रवचनकर्ता सुप्रिया किशोरीको आगमन भएको हो । पोखरा-१७, बिरौटामा सञ्चालित यस महायज्ञमा नेपालका दुई चर्चित कथावाचक तथा वाचिकाको आगमन भएको हो ।

 

आचार्य श्री शितल कृष्ण महाराजले बैशाख ४,५ र ६ गते विभिन्न विषयमा प्रवचन राख्ने कार्यक्रम रहेको आयोजक श्री मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । त्यस्तै सुप्रिया किशोरीले पनि कोटिहोम महायज्ञमा भोलिदेखि नै नियमित रुपमा विभिन्न विषयमा प्रवचन गर्ने कार्यक्रम रहेको छ । पोखरा-१७, विरौटास्थित श्री शिद्धेश्वर हरिहर मन्दिरमा बैशाख १७ गतेदेखी विधिवध रुपमा सञ्चालन हुने उक्त महायज्ञको पूर्वसन्ध्यामा अहिले विभिन्न कार्क्रमहरुमा सञ्चालन भइरहेको छ । सोही अनुरूप चैत्र २९ गतेदेखि बाल विदुषी अनुराधा पाण्डेयले श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी छिन् ।

 

आयोजकका अनुसार उनलाई भोलि बिदाई गर्ने कार्यक्रम रहेको र उनको बिदाईसँगै अर्की चर्चित कथा वाचिका देवी प्रतिभाले भोलिबाट नै कथा प्रवचन गर्ने बताएको छ। यस्तै अहिले यस महायज्ञमा भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्