पाेखरा ।।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दहाल कोटिहोम महायज्ञमा सहभागी हुन आउनेभएकी छन् । उनी साेमबार (भाेलि) पाेखरा आउनेभएकी हुन् ।
काेटिहाेमका आयाेजक संस्था मानव सेवा फाउन्डेसनले भरतपुर महानगरकी प्रमुख दाहालकाे उपस्थितिले महायज्ञकाे महत्त्व र गरिमालाई अझै बढाउने जानकारी दिएकाे छ ।
पाेखरा-१७ बिराैटा स्थित शिद्धेश्वर हरिहर मन्दिरमा बैशाख १७ देखी विधिवत रुपमा सुरु हुने यस काेटिहाेम विराट महायज्ञकाे पूर्व सन्ध्यामा सुश्री अनुराधा पाण्डेय र अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले कथा प्रवचन गरिसकेका छन् ।
यस्तै ४१ दिनसम्म निरन्तर सञ्चालन हुने यस महायज्ञमा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतका धर्मगुरुहरूले पनि कथा वाचनका लागि सहभागिता जनाउनेछन्।
आयाेजका अनुसार महायज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक प्रस्तुतिहरू हुनेछन्।
त्यस्तै यस महायज्ञमा अन्य विविध कार्यक्रमहरु जस्तै सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता आयाेजना गरिएको छ, जसले सांस्कृतिक सहभागिता र रचनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने आयाेजकले बताएको छ ।











