नेपाल सरकार र कोरिया सरकारबीच मौसमी कामदार पठाउने सम्बन्धमा कुनै निर्णय नभएको : श्रम मन्त्रालय
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा कुनै निर्णय नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्पष्ट पारेको छ ।

नेपाल सरकार र कोरिया सरकारबीच उक्त सम्झौता भएको र भगिनी सम्झौता कायम गरेका स्थानीय तहले मन्त्रालयमा सम्पर्क गर्नू भन्ने बेहोराको पत्र
सामाजिक सञ्जालमा प्रकाशन भएको भेटिएपछि मन्त्रालयले आइतबार(आज) यसबारे स्पष्टीकरण सार्वजनिक गरेको हो ।

मन्त्रालयलले एउटा स्पष्टीकरण पत्र जारी गर्दै,”मौसमी कामदारका विषयमा मन्त्रालयमा हालसम्म कुनै पनि सूचना आह्वान नभएकोले आधारहीन र तथ्यहीन विषयमा मन्त्रालयको लेटरहेड र छापको दुरुपयोग गरि यस मन्त्रालयकाे महाशाखा प्रमुखकाे नाममा किर्ते हस्ताक्षर सहितकाे विज्ञप्ति प्रकाशन गरि भ्रम फैलाइएकाे पाइएकाे” भनिएकाे छ ।

यस्ताे कार्य गर्ने व्यक्ति र समुहमाथि कारबाही गर्न सम्बन्धित निकायमा पत्रचार भएको समेत मन्त्रालयद्वारा जारी पत्रमा स्पष्ट रुपमा उल्लेख गरेकाे छ । त्यसैले काेहीपनि यस विषयमा भ्रममा नपर्न मन्त्रालयले अनुराेध गरेकाे छ ।

यसअघि पनि मन्त्रालयले माघ २०८१ मा समेत स्पष्टीकरण सार्वजनिक गर्दै यस्तो सम्झौता नभएको बताएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्