पोखरा ।।
यौन व्यवसाय सञ्चालनको आरोपमा पोखराबाट तीन जना व्यक्तिहरू पक्राउ परेका छन्।
रेस्टुरेन्टमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा पोखराको सिर्जना चोकमा मनिका रेष्टुरेन्ट सञ्चालन गर्ने ४० वर्षीय पदम लुङ्बा, पोखरा मालेपाटनका ५१ वर्षीय तेज नारायण तिमिल्सिना र तनुहँको व्यास नगरपालिका–५ का २१ वर्षीय सलन गुरुङ छन् ।
प्रहरीले उक्त रेष्टुरेन्टहरुबाट पाँच महिलालाई उद्धार समेत गरेको छ । पक्राउ परेका उनीहरू विरुद्ध कास्की जिल्ला अदालतबाट मानव बेचबिखनसम्बन्धी कसुरमा ६ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरि बस्नेतले जानकारी दिएका छन् ।









