पोखरा ।।
कास्की प्रहरीले विभिन्न जिल्लामा चोरी गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । कास्कीको पोखरा र तनहुँका विभिन्न स्थानबाट चोरी भएको सुन र चाँदीका गरगहनासहित ५ जनालाई कास्की प्रहरीले पत्रकार सम्नेलन गरी शुक्रवार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ र स्याङ्जा घर भएका ५ जना छन् ।
स्याङ्जा कोल्माकोट सुनचाँदी पसल, रामबजारका सञ्चालक दुर्गाबहादुर थापा, कट्टपा भन्ने सुवास विक, बिमल विक, गणेश सुनार र सुरेश विकलाई प्रहरीले चोरी भएको सुनचाँदीका गरगहनासहित पक्राउ गरेको हो । पोखरा महानगरपालिका–२६,३०,३१ र ३२ वडाका विभिन्न स्थानबाट चोरी भएको ६९ लाख ३ हजार २ सय ६० रुपैयाँको जाहेरी दर्ता गरिएको कास्की प्रहरी प्रमुक श्यामबाबु ओलियाले बताए ।
<span;>उनले चोरीका मुख्य नायिके कट्टपा भन्ने सुवास विक रहेको र अन्य आफन्तसङ मिलेर चोरी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । <span;>पक्राउ परेका सुवास विकले प्रयोग गर्ने ग २२ प ४९८९ नम्बरको मोटरसाइकल समेत चोरी गरेर प्रयोग गरेको प्रहरीले जनाएको छ । यस्तै ग २१ प ६७५३ नम्बरको स्कुटर समेत चोरीको लागि प्रयोग गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुले पोखराको ९ स्थान र तनहुँको ३ स्थानमा चोरी गरेको प्रारम्भिक बयान दिएका छन् । भने चोरीकै अन्य केही जाहेरी आउने क्रम रहेको पनि जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।











