पोखरा ।।
पर्यटनको राजधानी पोखराको बाटुलेचौरमा अबस्थित शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको सामुदायिक माध्यमिक विद्यालय स्तरिय खुल्ला कबिता प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य रहेका थिए । आचार्यले शुक्लाले आफ्नो ठाउँबाट केही पर रहेर बिधालयमा पुगी साहित्य उजागर गर्दै बिधालय स्तरमा कबिता प्रतियोगिता गरेकोमा खुसी व्यक्त गरे ।

विशेष अतिथि शिक्षा अधिकृत जीवन प्रसाद रेग्मी रहेका थिए । उनले बिधालयमा साहित्य कार्यक्रमको आयोजना गर्नु र बिधाथीलाई साहित्यमा कलम चलाउन सिकाउनु शुक्लाको कार्य प्रशसनिय रहेको बताए। कार्यक्रममा स्वागत मन्तव्य शुक्लाका बरिस्ठ उपाध्यक्ष गिता भण्डारीले राखेकी थिन् ।
कार्यक्रममा बिन्ध्यबासिनी मा. बि बाटुलेचौरका प्रजिना छन्त्याल प्रथम भईन भने प्रतियोगितामा विन्ध्येश्वरी माध्यमिक विद्यालय तल्लाकोटका स्वस्तिका खड्का द्वितीय ,माछापुच्छ्रे माध्यमिक बिधालयका आयुष बिकले तेस्रो स्थान र भारतीभवन माविका कैलाश तिवारीले सान्त्वना स्थान हासिल गरेको प्रतिष्ठानका सचिव रामप्रसाद पौडेलले जानकारी दिए । प्रतियोगितामा ८ वटा सामुदायिक विद्यालयका १६ जनाले सहभागीता जनाएका थिए । प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमश <span;>पुरस्कार राशी नगद १० हजार, ७ हजार, ५ हजार र ३ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
पुरस्कृत भए पश्चात् बिधार्थीहरू तस्बिर लिदै ।।
कबिता प्रतियोगितामा साहित्यकार शिव त्रिपाठी , असफल गौतम र इन्दु भट्टराईले निर्णायकको भुमिका निर्बाह गरेका थिए । उत्कृष्ट विद्यार्थीलाई कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य, शिक्षा अधिकृत जीवन ज्ञवाली, प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी वस्नेत गौतम र कार्यक्रम संयोजक यदुनाथ वञ्जराले नगद सहित पुरस्कृत गरेका थिए ।
कार्यक्रमको अवसरमा शुक्ला साहित्य प्रतिस्ठानकी सदस्य तथा अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमको सन्चालिका सारदादेबि बस्नेतले आफ्नो बैबाहिक बर्षगाँठको अबसरमा बिन्धेस्वरी मा बि तल्लाकोटमा रू. ५१,१५१ रुपैयाँ राशिको अक्षयकोष स्थापन गरेकी छन् । गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहायताको लागि आफ्नो वैवाहिक उत्सबको दिन अक्षय कोष स्थापना गरिएको बस्नेतले बताइन् ।
प्रतिष्ठानका अध्यक्ष दुर्गादेबी बस्नेत गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिब रामप्रसाद पौडेलले गरेका थिए ।











