पोखरा ।।
आज देशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
कोशी प्रदेशका धेरैजसो ठाउँमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो । देशका उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भागका थोरै ठाउँ र बाँकी भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् ढकालले बताए ।












