पोखरा ।।
वातावरण दिवसको अवसर पारेर पोखराको प्रस्याङमा अवस्थिय श्री वीरेन्द्र मेमोरियल अङ्ग्रेजी माध्यमिक विद्यालयले विश्व एकदिवसीय वातावरणीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमा दुई चरणमा भएको थियो । कार्यक्रमको पहिलो चरणमा विद्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको थियो भने दोस्रो चरणमा विद्यालयका कक्षा ५ देखि कक्षा १० सम्मका बिद्यार्थीहरुले विद्यालय परिसरदेखी पोखरा बाग्लुङ राजमार्गसम्मको सडक, चिल्ड्रेन पार्क, राधाकृष्ण मन्दिरको वरपर सरसफाई गरेका थिए ।

तस्बिर – बिधार्थीहरू सरसाफाई गर्दै ।
विद्यालयमा नर्सरी देखि कक्षा तीनसम्म कक्षागत चित्रमा रङ भर्ने प्रतियोगिता सम्पन्न भएको थियो । साथै कक्षा चारदेखि कक्षा दससम्मका विद्यार्थीहरुमा “वातावरण संरक्षण” शीर्षकमा कवितालेखन प्रतियोगिता भएको श्री वीरेन्द्र मेमोरियल अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक सन्तोष लामिछानेले जानकारी दिए ।
उक्त कार्यक्रममा विद्यालयका निर्देशक,प्रधानाध्यापक,शिक्षक, कर्मचारी, विद्यार्थीहरू तथा स्थानीयको पनि उल्लेखनीय सहभागिता रहेको थियो।












